यात्रा


सुन्न खोजिरहेको छु,
आवाज, ताल र लय
एक हातले बजाउँदै थपडी
तिमी
दुबै हातले छपछप
उज्याइउज्याइ धारिलो कोदाली
ताछ्दैछ्यौ मेरो मुटुको आली
पन्छाइरहिछौ जानी नजानी
भिजेका रातो माटो
खनिरहेकी छ्यौ
म जाने बाटो

हिजो जस्तो भएपनि

२६ साउन २०६६, नेपाल साप्ताहिकको मेरो स्तम्भ “बायाँ फन्को” मा प्रकाशित

अचेल धेरै सुनिने कुरा हो, राजनीतिको कुरा गर्दा पढेलेखेका युवा पुस्ता, विशेष गरेर अंग्रेजी विद्यालयका उत्पादनहरू-जो आफ्नो नेपाली कमजोर हुनुलाई गर्वका रूपमा लिन्छन् -कुम उचाली-उचाली भन्छन्:
“आई हेट पोलिटिक्स्,”
अर्थात् म राजनीतिलाई घृणा गर्छु।

लौ त भनौँ भने यो भनाइ एक किसिमको फेसनका रूपमा नै प्रचलित भइसकेको छ। राजनीति भन्ने शब्दलाई अर्कै रूपमा स्वीकार गर्न थालेको छ हाम्रो समाजले। घरमा किचलो उत्पन्न गर्ने बुहारीले परिवारमा राजनीति गरेको भनिन्छ। कार्यालयमा काम गर्ने वातावरण बिगार्ने कर्मचारीले पनि राजनीति नै गरेको भनिन्छ। त्यसैले पनि सायद यो भनाइ व्यापक हुन थालेको होला। तर, यसो भन्नेहरूसँग एकैछिन कुरा गर्ने हो र त्यसका पछाडिका कारणहरू खोतल्ने प्रयास गर्ने हो भने थाहा हुन्छ,खासमा उनीहरूले घृणा गर्ने राजनीतिलाई होइन,राजनीतिज्ञहरूलाई हो। किनभने, राजनीतिज्ञहरूलाई नै राजनीतिको पर्याय मानेर उनीहरू हिँडिरहेका हुन्छन्। Continue reading

भाइले सोध्लान् नि खै दाजु भन्लान्……..

असार २१, २०६६- नेपाल साप्ताहिकको मेरो स्तम्भ “बायाँ फन्को” मा प्रकाशित

केही समयअघि पत्रपत्रिकामा एउटा बालकको तस्बिर छापिएको थियो। फलामे साङ्ला खुट्टामा बाँधिएको त्यो बालकको मानसिक अवस्था ठीक नभएका कारण वर्षौंदेखि उसका बाबुआमाले त्यसैगरी पालेर राखेका रहेछन्। खुला छोड्यो भने उसले उपद्रो मच्चाउँछ भनेर आफ्नो सन्तानलाई कुनै विवेकहीन जनावरलाई जस्तै राख्नु ती बाबुआमाको कति ठूलो बाध्यता होला? कति मन कुँडिन्थ्यो होला उनीहरूको, कल्पना पनि गर्न कठिन कुरा हो। सरसर्ती हेर्दा ती बाबुआमा कठोर मनका जस्ता लागे पनि कमसेकम त्यो बालकको हविगत उमेश दाइको जस्तो त भएन नि भन्ने लाग्यो।

Continue reading

सुर्ता नगर – यहाँ सबै ठीक छ

असार २६, २०६६ नेपाल साप्ताहिकको मेरो स्तम्भ “बायाँ फन्को”मा प्रकाशित

आकस्मिक रूपमा नसोचेका कुराहरू बेलाबेला हुने गर्छन् । कुनै सुखद अनि कुनै दुःखद । एउटा यस्तै सुखद संयोग थियो, स्कुल पढ्दाका केही साथीहरूसँग अचानकको भेटघाट । मित्रताको अर्थ भनेको कति समयपछि भेट्नु हैन रहेछ, भेटेपछि नभेट्दाको दूरी स्वात्तै मेटियो कि मेटिएन भन्ने मात्र हो रहेछ भन्ने कुरा त्यो भेटले बतायो । समयले मान्छेलाई कहाँकहाँ धकेल्दो रहेछ, कति बाटोहरूलाई कताकता मोड्दो रहेछ, कति नयाँ मान्छे भेटाउँदो रहेछ, कति पुराना मान्छे छुटाउँदो रहेछ । अनि, त्यही समयले कुनै सरकारी कार्यालयको अव्यवस्थित फाइलका ढड्डाहरूमा हराएका कागजहरू जस्तै स्मृतिका पानाका खातहरूमा लुकेका सम्बन्धहरूलाई खोतलखातल पारेर अगाडि पनि ल्याइदिँदो रहेछ । झारपातहरूले छोपेर हराइसकेको, बिर्सिसकेका गोरेटाहरू अनि तिनमा हराएका पाइलाका डोबहरूलाई अचानक छर्लंग पारेर आँखा अघि ल्याइदिँदो रहेछ समयले।

Continue reading

Right to live

by sanju sharma

-published in the daily ‘republica’ on july11, 2009

A lot has been said on Khyati Shrestha’s kidnapping and brutal murder. The kind of solidarity in opinion of people from different mentality, age, education and profession on this heartbreaking event has proved that we all have humanity and compassion inside us; though buried very deep inside. People have never before felt or demanded the law to have death penalty so strongly before. As the layers of the case are getting unrevealed, we see even more disgusting side of the culprit Continue reading

यस्तै छ,

वेद र मन्त्रका जापहरू
दबिसके विवाद र आरोप मुनि
देवालयका घण्टी र आरतीका स्वरहरू
सुनिन छाडेका छन् अचेल
असुरहरूका अट्टहासमा
हरदिन बन्द र हडतालले
अलमलिएको यो सहर
यस्तै छ,
काठमाण्डौको आन्दोलन जस्तै छ
अचेल मेरो जिन्दगी

मगजै शून्य हुने चर्का आवाजहरू
नारावाजीले निलिसक्यो क्वाप्पै
तारावाजीका मधुरा गीतहरूलाई
टिठलाग्दो प्याँप्याँ-प्रेसर हर्नका
टेबुल ठोकिएका कर्कश
सङ्गीतबिहीन थापहरू
प्रतिध्वनि-असन्तुष्टिका

यस्तै छ,
काठमाण्डौको कोलाहल जस्तै छ
अचेल मेरो जिन्दगी

बाटो काट्छ फुत्त कसैले
रातो बत्ती मिचेर
देब्रेबाट उछिन्छ कोही
कोरिएला कोरिएला गर्दै
चमकचमक – ‘हाइबिम’हरू
तिरमिर आँखाहरू
विपरित दिशाबाट बत्तिंदै
ठोकिएला ठोकिएला गर्दै
आउँछन् अनियमित अन्तरालमा
‘रंग साइड’मा हुत्तिंदै
अनियन्त्रित सवारीहरू

यस्तै छ,
काठमाण्डौको ट्राफिक जस्तै छ
अचेल मेरो जिन्दगी

असरल्ल – लथालिङ्ग थुप्रिएका
कागज, प्लाष्टिक
र पोलिथिनका अवशेषहरू
सोहोरसाहार पार्दै
डुङ्गुरडुङ्गुर मिल्किएका
काम न काजका टुक्राटाक्रीहरू
तपतप चुहिएका अवसादहरू
धैर्यको डोकोमा भरभार गर्दै
कतै टाढा लगेर मिल्क्याउन
जब पुग्छु कतै परसम्म
हडताल भैरहेको हुन्छ
‘डम्पिङ्ग साइट’मा

यस्तै छ,
काठमाण्डौको कसिंगर जस्तै छ
अचेल मेरो जिन्दगी

तातो झरी

झरी रह्यो झरी बाहिर,
हिजोराति रातभर
जली रहें अनि भित्र,
भित्रभित्रै म रातभर
तलाउको किनारैमा
तिर्खाले तलतल म
तापले तपतप रन्केर
लामो खडेरीले सुकेर
कक्रक्क परेका
आफ्नै मनको बगैंचाका
बालेर पातपतिङ्गरहरू
बलीरहें म एक्लै
मन्दमन्द तापमा
सल्किरहें म रातभर

बिहानी हुँदा
खरानीको थुप्रो भैसकेको म
छोपछाप पारेर
त्यही आगोको भुङ्ग्रो
अर्को रातको लागि संगालेर