Am I being insomniac?

Its been sometime that I have been waking up early. The time I wake up is getting earlier everyday. I woke up at 3:30 AM this morning. Just makes me wonder am i becoming insomniac?

give and take

life is a give and take fiasco. if you are not in a position to give anything, no one bothers about you.

Life;an old steam engine

Its like an old steam engine running along battered trails. Chugging, puffing and putting on all the efforts to run along. crossing dilapidated stations on its journey. Stop…rennovate..move ahead to come across another such station. When you think everything is smoothly running, you hear a clanking noise somewhere and notice yet another repair to be done. And, it continues till you reach your destination. The only difference is, in this journey, you are not aware of your destination. End could be round any corner..sudden…abrupt. Or the journey might be very long.

ओशोसंग ९० मिनेट

कान्तिपुरको कोसेलीमा प्रकाशित

२०४२ माघ
आचार्य रजनीश काठमाण्डौ आए भन्ने कुरा नेपाल टेलिभिजनमा साँझ आठ बजेको समाचार हेर्दा थाहा भयो । त्यतिबेला मलाई आचार्य रजनीश भनेका एक चर्चित र विवादास्पद व्यक्ति हुन् भन्नेसम्म मात्र थाहा थियो । पन्ध्रसोह्र वर्षको उमेरमा मान्छेले आफूलाई ठूलो ज्ञानी र विवेकशील मान्न थालेको हुन्छ । पछि उमेर, अध्ययन र अनुभवले पाको हुँदै गएपछि जतिजति आफ्ना विगतलाई मान्छेले केलाउन थाल्छ, त्यतित्यति आफ्नो पहिलेको अल्पज्ञान र त्यससंग आएका तुजुकहरुलाई सम्झेर मान्छे आफै हाँस्न थाल्छ । म पनि उमेरको बाटोको एउटा त्यस्तै मोडमा थिएँ । उनका बारेमा मलाई त्यतिबेला भएका अरु थप जानकारी थिए, उनी केही समय अघि अमेरिकाबाट धपाइएका थिए । Continue reading

भट्भटेको प्रेममा पर्दा

२०६७ कार्तिक २० गते कान्तिपुर कोसेलीमा प्रकाशित

एघार बाह्र वर्षको हुँदा भट्भटेमा मेरो खुट्टा नै पुग्दैनथ्यो । एकातिर पिँध बङ्ग्याएर बूढी औंलाले भुइँ छोयो भने अर्को तिरको खुट्टा ढक राखेको तराजुको रित्तो पाटो जस्तो उचालिएर तुर्लुङ्ग झुण्डिन्थ्यो । तै पनि अडाएको भट्भटे देख्यो भने म बुर्लुक्क उफ्रेर चढिहाल्थें र मुखैले ढुर्रढुर्र टिंटटिंट प्वाँप्वाँ गर्न थालिहाल्थें । मलाई त्यतिबेला लाग्थ्यो त्यो रोकिएको भट्भटे बेतोड कुदिरहेको छ । दायाँबायाँका रुख, खम्वा र दृश्यहरु सबथोक फुत्तफुत्त पछाडि छुट्दै गैरहेका छन् र म अघिअघि बढ्दैछु । आफू गतिशील भएर सबैलाई पछाडि छोड्दै गएको त्यो अनुभव मलाई निकै रमाइलो लाग्थ्यो । मेरो कल्पनामा अगाडिबाट हुत्तिएर कुनै सवारी साधन आउँथे जसलाई म मुखैले ब्रेकको चुइँय आवाज निकाल्दै ढल्केर छल्थें । कहिलेकहीं अपर्झट अगाडि आउने गाइवस्तु वा मान्छेलाई नकिच्न म न्वारान देखिको बल लगाएर ब्रेक थिच्थें । सपनामा पनि म भट्भटे कुदाएको देख्थें । Continue reading