ठग्ने र ठगिनेहरू

नेपाल साप्ताहिकको मेरो स्तम्भ “बायाँ फन्को” २०६६ कार्तिक ८ गते प्रकाशित

केही दिनअघि पसलमा छापा मारिएको कुरा समाचारहरूमा देख्न र पढ्न पाइयो । गुणस्तरहीन खाद्यपदार्थ बेचेको आरोपमा पसलका साहू समातिएका थिए । स्वाभाविक कुरा हो, ठग्न पाइँदैन । ठग्नेलाई कारबाही गर्नैपर्छ । तर, के सबै ठगहरू समातिएका छन् त ? अनेकौँ रूपमा आज आमनागरकिहरू ठगिएका छौँ । बौद्धिक ठगहरू, धार्मिक ठगहरू, शैक्षिक ठगहरू, रोजगार ठगहरू, राजनीतिक ठगहरू, आर्थिक ठगहरू र अन्य थुप्रै प्रकारका ठगहरू खुलेआम जनतालाई उल्लू बनाइरहेका छन्, तिनलाई कसले र कसरी कारबाही गर्ने हो ? सोच्दाखेरी पनि कहालीलाग्दो, अत्यासलाग्दो । ओहो ! कति धेरै ठगिएर बाँचेका रहेछौँ हामी आमनागरकि । Continue reading

Advertisements

मिलन

आकाशले रातभरि
भिजाइरह्यो धरतीलाई
आफ्नो छातीभरिको माया पोखेर
धरती चुपचाप,
लजाई रातको अंध्यारोमा
मुसलधारे बर्षामा भिजीरही
कसले भन्छ
आकाश र धरतीको
मिलन कहिले हुन्न