Categories

टायर बालौं

यसै पनि प्रदूषित छ
हामी माथिको नीलो आकाश
आऊ सबै मिली बनाऔं
यो नीलोलाई कालो
इन्धन, बत्ती र उर्जाको अभाव भो
खोजी खोजी टायर बालौं  

सौतासंग हामीलाई रिस उठ्या छ
पोइको काख बिटुलो पारौं
देश बनाउनेहरुसंग चित्त दुख्या छ
सडकका बारहरु बिगारौं
सुन्दैनन् कसैले नकराइ
फुट्ने गरि कानको जालो
महँगी बढेको बढ्यै छ साथी
खोजी खोजी टायर बालौं 
 
थाक लगाए मिलाइ मिलाइ
निर्माण गर्छन् इँट्टाहरु
टुक्र्याएर हिर्कायो भने
पुर्पुरो पनि फुटाउँछन् इँट्टाहरु
सवारी रोकौं, नरोक्नेलाई ठोकौं
एऊटाको रिस अर्कोसंग पोखौं
नयाँ नेपालको निर्माण थालौं
चलन त पुरानै नेपालको हो तर
खोजी खोजी टायर बालौं

खोज्नु मात्र पर्छ आजकल
कति पाइन्छन् कति बहानाहरू
आजको लागि सकिएर के भो
भोलिको बहाना खोज्न थालौं
हरेक समस्याको रामवाण ओखति
खोजी खोजी टायर बालौं

अगुवाहरु भए बाटो हगुवा
अब आएको छ हाम्रो पालो
राष्ट्रियता हाम्रो खतरामा परिसक्यो
खोजीखोजी टायर बालौं

साउन १९, २९६५ कान्तिपुर दैनिकमा प्रकाशित 

Leave a comment