Categories

मुर्ति

जति नै सुन्दर किन नहोस्
मूर्ति आखिर ढुङ्गा नै हुन्छ
हेर्दा जति नै सुन्दर भए नि
ढुङ्गामा भावना कहाँ हुन्छ

नशालु हुन्छन् मात लाग्ने हेर्दै
कुंदिएका त्यसका आँखाहरू
तर चोट तिमीलाई लाग्दा
मूर्तिको आँखा कहाँ रून्छ

गुनासो गर्नु फेरि किन व्यर्थै
पत्थरको पूजा गर्नेहरूले
ढुकढुकी तिम्रो सुनोस् कसरी
मूर्तिको मुटु कहाँ हुन्छ

One reply on “मुर्ति”

Leave a comment