Categories

चन्द्रमा

म संग रातरातभर निदाउँदैन चन्द्रमा
यसले पनि कसैसंग माया गाँसे जस्तो छ

कसले बुझ्ने यसको विरह एकान्त रातमा
निन्द्रा छैन यसको पनि उदास आँखामा
यसले पनि ती आँखामा कसैलाई राखे जस्तो छ

शीतल देख्छन् हेर्दा सबै जूनको जुनेली
मायाले पोलेको त्यो दुख्ने पीडा बताउने कसरी
यसले पनि मायाको जलन मसंग साटे जस्तो छ

स्वर तथा सङ्गीत मुरलीधर

Leave a comment