जिम्मेवारीको नवीकरण

नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोबाट

राजनीतिभन्दा पृथक् विषयहरूमा ‘बायाँ फन्को’लाई सीमित राख्ने ध्याउन्न बेलाबेला असहज हुने गर्छ किनभने अचेल हाम्रो समाजमा हरेक कुराको राजनीतीकरण हुने गरेको छ । त्यसैले बेलाबेला हाँडीबाट उछिट्टएिको तातो मकैजस्तो बनेर ‘बायाँ फन्को’ राजनीतिको भुंग्रोमा हाम फाल्न पुग्छ, नचाहँदा नचाहँदै । यसपटक पनि त्यस्तै भएको छ । राजनीतिक गतिविधि र त्यहाँको अखडामा हुने उठापटकले एउटा आमनागरकिलाई पर्ने हदसम्मको असर पर्ने बेलामा आँखा चिम्लेर समस्याहरू नदेखिए पनि हराउनचाहिँ हराएका हुँदैनन् । देश हाँक्ने मान्छेहरूले गरेका कुराहरू जटिलताको पराकाष्ठामा पुगेर भ्रामक भएको बेलामा, तिनका कुराहरू बाझेर मान्छेपिच्छे आएका फरक अभिव्यक्तिहरूले आफ्नो बुझ्ने क्षमतामा नै धमिरा लगाइदिएको बेलामा हामीजस्ता नागरकिलाई आफू र आफ्नाहरूका साथै देशकै भविष्यका बारेमा अत्यास लाग्नु स्वाभाविक पनि हो ।

आकाशमा उडिरहेको हवाईजहाजमा कुनै गडबडी आयो भने चालक दलको सबैभन्दा ठूलो दायित्व हुन्छ, आफू नियन्त्रणमा रहनु, परििस्थतिको गम्भीरतालाई आफ्नो अनुहार वा व्यवहारमा आउन नदिनु र समस्याको समाधान खोज्नु । पाइलट आफैँ उत्तेजित र हतास भएर छटपटिन थाल्यो भने यात्रुका लागि त्यसभन्दा भयावह अवस्था केही पनि हुँदैन । तर, हामी अहिले एउटा यस्तो उडानमा छौँ, जहाँँ हाम्रा पाइलटहरू गर्न नहुने सबै काम गररिहेका छन् । अनि, हामी असहाय र निराश बन्न बाध्य पारएिका छौँ । हामीलाई हाम्रो चिन्ता छ, हाम्रा सन्तानको चिन्ता छ । हामीलाई हाम्रो देशको चिन्ता छ, जुन देशलाई आमा भनेर सम्मान गर्नुपर्छ भनेर हामीलाई सिकाइएको छ, पढाइएको छ । तर, हाम्रो भविष्य अहिले आकाशमाथिको एउटा यस्तो जहाजमा निर्भर छ, जसका चालक दल हामीले नै छानेका थियौँ । यिनीहरूले उडानमा प्रयोगहरू गरे, पालैपालो पाइलट को बन्ने भनेर विवाद गरे, भाग लगाए, सबैको उडाउने रहर र पालो पनि पुर्‍याए । तर, हामीलाई जहाँ पुर्‍याउनुपर्ने थियो, त्यहाँ अवतरण गर्ने बेला जतिजति नजिक आउँदैछ, त्यतित्यति उनीहरू नै शंका/उपशंका गर्न थालेका छन्, हानथाप गर्न थालेका छन् अनि हामी निरीह बनेर हेर्ने बाहेक केही गर्न सकिरहेका छैनौँ । कठै हाम्रो नियति !

अहिले जेठ १४ को आतंकमा हामी बाँचेका छौँ । देशले नयाँ संविधान पाउने भनेको देश र त्यहाँका जनताका लागि कति ठूलो उल्लासको अवसर हुनुपर्छ, त्यो खुसीयाली बाँड्न, साट्न र मनाउन हामीले तयारी सुरु गर्न पाउनु हाम्रो अधिकार हुनुपथ्र्यो । तर, त्यसको उल्टो जेठ १४ भनेको त हाम्रो घाँटीमाथि नांगो तरबार बनेर पो झुन्डिएको भान भएको छ । उल्लासको त कुुरा परै जाओस्, त्यस दिन र त्यसपछिका दिनहरूमा के हुने हो भनेर हामी चिन्तित पो भइरहेका छौँ । तर, ज-जसलाई यो कार्यका लागि हामीले जिम्मेवारी सुम्पेका थियौँ, तिनले जनतालाई यो मानसिकतामा पुर्‍याएको अपराधबोध गर्न सकेका छैनन् । फरकफरक नेता, चाहे ती जिम्मेवार हुन् वा नहुन्, चाहे तिनको भनाइको कुनै अर्थ होस् या नहोस्, सबैले थरीथरीका अभिव्यक्तिहरू दिएर हामीजस्ता राजनीति नबुझ्ने सर्वसाधारणलाई रनभुल्लमा पारििदएका छन्, तर्साइदिएका छन् । कोही गृहयुद्धको कुरा गर्छन्, कोही निणर्ायक आन्दोलनको । कोही सैनिक श्ाासनको डर देखाउँछन्, कोही मरेको बाघ ब्यूँझने सम्भावना देखाउँछन् । कोही विकल्पका रूपमा अर्को चुनाव अघि सार्छन्, कोही कुनै विकल्प नै छैन भन्छन् ।

समग्रमा भन्दा सबैले जनतालाई अलमल्याउने, तर्साउने र निराश बनाउनेबाहेक कुनै सकारात्मक कुरा गर्दैनन् । संविधान कसरी बन्छ भन्नेमा भन्दा संविधान नबनेपछि आउने भयावह अवस्थाका लागि कसको थाप्लोमा दोष थोपर्ने भन्नेमा नै सबैको शक्ति खर्च भइरहेको छ । यो सब देख्दा एउटा आमनागरकिको मनोदशा के हुन्छ भन्ने कुरा आमनागरकिका प्रतिनिधिहरूले नै सोचेका छैनन् अथवा त्यो सोच्नु उनीहरूको प्राथमिकताको सूचीमा निकै पछिसम्म पनि पर्दैन । यो जिम्मेवारीका पछाडि पौने तीन करोड नेपालीका सपनाहरू गाँसिएका छन्, तिनको समुन्नत भविष्यका आशा गाँसिएका छन् भन्ने कुरा उनीहरूले चटक्कै बिर्सेको देख्दा आफ्नो निरीहपनामा आँसु झार्नेबाहेक अरू के गर्ने हामीले ?

विश्वविख्यात् साहित्यकार जर्ज बर्नाड शा सधँै पुराना किताबहरू बेच्ने ठाउँमा गएर आधा मोलमा किन्थे रे ! एक दिन त्यस्तै पसलमा गएको बेला त्यहाँ उनले आफ्नो एउटा किताब पनि आधा मोलमा बेच्न राखेको देखेछन् । कौतूहलवश त्यो किताब लिएर पल्टाउँदा उनले थाहा पाए, त्यो उनले आफ्नो एक जना मित्रलाई उपहार दिएको किताब पो रहेछ । पहिलो पानामा उनले आफ्नो मित्रलाई शुभकामनासहित भनेर दस्तखत पनि गरेका थिए । उनले त्यो किताब किनेर लगेछन् अनि पहिलो शुभकामनाको मुनि ‘शुभकामनाको नवीकरणसहित’ भनेर फेर िदस्तखत गरेर त्यही मित्रलाई पठाइदिएछन् ।

हामी पनि अहिले कुनै पुरानो पसलमा छौँ । हामीले जसलाई जे जिम्मेवारी दिएका थियौँ, तिनले त्यसलाई ल्याएर यही पुरानो पसलमा अलपत्र पारेर गएका छन् । अब हामीसँग त्यही विकल्प मात्र बाँकी छ त ? फेर ित्यसलाई त्यहीँ नै पठाउने अनि मुन्तिर लेख्ने, ‘जिम्मेवारीको नवीकरणसहित’ । जोडिएपछि मुठ्ठी बन्छ, बलियो हुन्छ, होइन भने एकापसमा नमिलेका एक्लालाई औँंला भन्छन् र त्यो कमजोर हुन्छ भन्ने सामान्य कुरासमेत भुलेर किन हाम्रा अगुवाहरू एकापसमा जोरी मात्र खोजेर समय बर्बाद गररिहेका हुन् भन्ने कुरा नबुझेर हामी हतास भइसकेका छौँ । अझै पनि समय बाँकी नभएको होइन । तपाईंहरूलाई त्यहाँ पुर्‍याउनका लागि कति नागरकिले आफ्नो के के गुमाएका छन् भनेर एकपटक सोच्नूस्, एकपटक जुटेकोे अनुभव पनि गरेर हेर्नूस्, हामीले चाहेको निकास हामीलाई दिनूस् । यो मुलुक र हामी जनता तपाईंहरूप्रति आभारी हुनेछौँ 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s