लोडशेडिङ्ग…..

साँझैपिच्छे लोडशेडिङ्गले

छोपेका अंध्यारा दिमागहरूमा

के पलाउन् र अरू

निराशाहरू नपलाए

एउटा अंध्यारोबाट उम्केर

बिलाउनु पर्ने अर्को अंध्यारोमा

नियति के हाम्रो यति नै

उदाउन नपाउँदै एउटा प्रश्न

फेरि विलीन हुन पुग्छ

लोडशेडिङ्गकै कालोमा

 

उज्यालो त चेतना हुन्छ

सेतो त ज्ञानको रंग रे

तर हाम्रो उज्यालोको भोक

कसले कहिले मेटाउने हो

हाम्रो निष्पट कालो संसारमा

घाम कहिले उदाउने हो

हरेक मान्छे बाँचिरहेको छ

भाग्यको बोकेर रित्तोरित्तो

एकएक वटा कुलेखानी

छोड्न पाइएला कुनै दिन भन्दै

अंध्यारोमा रूमल्लिने बानी

 

निभ्नै नपर्ने बेला पनि अचेल
तर झ्याप्पै निभ्ने गरेको छ बत्ती

 

मंसीर १, २०६५ नेपाल पत्रिकामा प्रकाशित

Advertisements

5 thoughts on “लोडशेडिङ्ग…..

  1. हो त नि ! यो त स्बिकार्न गार्हो हुने कुरा हो । भर्खर बर्षायाम सिद्दिएको पनि छैन , यती छिट्टै फेरी लोड्सेडिङ हुन थालइसक्यो !जती दिक्दार लागे पनि कबितामा पोखिदिनुस् तर मनलाई दिक्दार नबनाउनुस् है ।
    के गर्ने ! ‘ नियती लाई अगाल्ने हाम्रो बाध्यता भाईसकेपछी ‘ !

  2. लोड्सेडिङ्ग !
    एउटा बहाना
    मन भए ,
    कसरी छेक्न सकिन्छ
    लेख्ने चाहना ।
    धेरै पर
    खोतलखुतुल
    छैन शब्द
    निराश मन
    भारी मन
    फेरी पनि पाइला बढ्छ नै
    ओ! हो !
    यो भोक हो कि सौख
    ड्बुल्किदै छ शब्द मा मन
    बुझेरै पनि नबुझेरै पनि
    रित्तो समय
    अगालो भरी भरेर
    फेरी पनि केही हराए जस्तो
    खोजिरहेछु
    खोजिरहेछु
    अछ्यर हुँदै शब्द हरफ मा केही — ।
    केही आफ्नो पन जस्तो
    केही उस्को मन जस्तो
    कहिले स मेटिए जस्तो
    कहिले छ र् प्र स्टिए जस्तो
    कहिले शब्द भित्र दुख्दै
    कहिले शब्द भित्र लुक्दै
    अनौठो अनुभूती भाईरहेछ
    पिडा सुक्दै गैरहेछ ।

  3. कहिले काही
    बुझेर
    बुच्पुचाइ दिदा
    हित देखिन्छ भने
    त्यसो पनि गर्नु पर्छ ।
    भ्रम ण्
    नजिकै गए
    सिधा बाटो गए
    महत्ब त्यती के हुन्छ र !
    जती
    टाढा जा दा
    घुमाउरो घुम्दा
    द्रिश्य देखिदा हुन्छ ।
    हिड्दाको अनुभूती
    थोरै थाक्दा
    बिश्राम मा आनन्द
    गन्तब्यमा पुग्दा
    अनी पो भ्र मण
    भ्रम ण् जस्तो हुन्छ ।

  4. नपग्लिएर थ पक्क बस्ने
    हिम चुचुरा का सेतै हिउ झै
    चिसो जम्ने हिउ हरु
    अ कस्तमान
    जब प रिणत हुन्छन
    ३६ डिग्रिको न्यानो तरल मा
    बर्षा बर्सिन्छ घनघोर
    सुख्खा मन हरु पनि
    भिज्न थालछन
    मरुभुमिको बालुबा भिजे झै
    तापको बाफ ले आकाश मा
    बादल गुजुल्टिन थालछ
    पुन : बर्षा नभए सम्म
    भ दौरे मास को खडेरी मा
    पल पल पोले झै पोल्न थालछ
    जलन को पिडाले
    चेतन मस्तिस्क भित्रको
    अचेतन मन बोल्न थालछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s