दिग्भ्रमित मृगतृष्णा

हरेक दिन नयाँ नयाँ बहानासङ्ग

टायरहरू बल्ने गर्छन्

हरेक रात एउटै छटपटीसङ्ग

जल्ने गर्दछु म

 

छेउ भेट्टाउँदा सकीनसकी टुप्पो हराउँछ

गुजुल्टो भैसकेको पो छु कि

शायद गलती नै गलतीले गाँठो परेको म

 

हरेक दिन चर्को घाममा

मुठ्ठीहरू उचालिने गर्छन्

अनि सेकिने गर्छन् पुर्पुराहरू

हरेक रात शीतल जुनसङ्गै

डढ्ने गर्दछु म

 

अघि बढ्न खोज्दा पैंताला धर्मराउँछ
कुनै गन्तव्य नभएको बटुवा झैं

हिंडिरहेको पो छु कि शायद म

 

हरेक दिन टुक्राटुक्रामा फुटाइन्छु

हुर्याइन्छु यताबाट उता

अनि फेरि उताबाट यता

मैले फुटाएका टाउकोहरूसंग

आफै रून्छु, एक्लै दुख्छु

आन्दोलनको ईंट्टा जस्तो म

Advertisements

6 thoughts on “दिग्भ्रमित मृगतृष्णा

  1. हरेक दिन चर्को घाममा
    मुठ्ठीहरू उचालिने गर्छन्
    अनि सेकिने गर्छन् पुर्पुराहरू
    हरेक रात शीतल जुनसङ्ग
    डढ्ने गर्दछु म

    छेउटुप्पो समात्न नसकेको गुजुल्टो वास्तवमा हाम्रै जिन्दगी हो र यो कविता ति नै जिन्दगीहरुको कविता बनेको छ । साँच्चै रमाएर दोहोर्याई तेहेर्याई पढें ।

  2. हरेक दिन चर्को घाममा
    मुठ्ठीहरू उचालिने गर्छन्
    अनि सेकिने गर्छन् पुर्पुराहरू
    हरेक रात शीतल जुनसङ्ग
    डढ्ने गर्दछु म

    स्थीरता त मृत्युको जुम्ल्याहा हो रे
    शायद आफूलाई ज्यूँदो सावित गर्न
    हरेक पल सास फेरेको,
    लडीलडी पनि अघि बढेको
    अभिनय गर्दछु म

    दामी !

  3. यती राम्रो कबिता – लेख लेखिरहनु भएको छ किन लडिलडी अघी बढेको छु भन्नु हुन्छ !

  4. सारै राम्रो, जति चोटी पढे पनि पढी मात्र रहु जस्‍तो । मन पर्‍यो मलाई त ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s