मेरा, हाम्रा र उनीहरूका संकल्पहरू

२०६५ बैशाख ६ गते नेपाल साप्ताहिकको मेरो स्तम्भ “बायाँ फन्को” बाट

भर्खर एउटा अर्को नयाँ वर्ष सुरु भएको छ । अनि, सँगै सुरु भएको छ, नयाँ उत्साह, नयाँ उमंग र नयाँ संकल्प । तर, यो उमंग कति समयसम्मका लागि भन्नेचाहिँ आफ्नै ठाउँमा छ । एउटा मान्छेको उत्साहलाई कायम राख्न अथवा लामो समयसम्म टिकाउनका लागि अर्को मान्छेको व्यवहार, उसको वरपिरकिो परविेश र समग्र देशको अवस् थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । साधारणतया प्रत्येक मान्छेले नयाँ वर्षका लागि भनेर केही न केही संकल्प गरेको हुन्छ । ती संकल्पलाई उसले अघिल्लो वर्ष भोगेको नियतिले निर्देशित र निर्धारति गरेको हुन्छ । मानिसका यी संकल्पहरू अधुरा इच्छा र अपूरा सपनाहरू पनि हुने गर्छन् । राम्रो वर्ष भोगेकाहरूले अझै राम्रो र नराम्रो वर्ष भोगेकाहरूले कम नराम्रो नयाँ वर्षको अपेक्षा गर्नु मानवीय स् वभाव नै हो । हरेक मान्छेको संकल्प उसको रहनसहन, जीवनशैली अनि उसका मूल्य र मान्यताहरूमा आधारति हुन्छन् । एउटा मान्छेको प्राथमिकताको क्षितिजको सानो अन्तरकुन्तरमा पनि नपर्ने कुरा अर्को कुनै मान्छेका लागि उसको जीवनको सबैभन्दा महत्त्वपूर्ण आशावादी सोचाइ हुन सक्छ । ती सबै प्रकारका संकल्पहरूको कुरा गर्ने हो भने त सायद एउटा ठूलो ठेली नै तयार हुनसक्छ । त्यसैले, एउटा आमनेपाली नागरकिको रूपमा मात्र सोच्दा ‘मैले’ गर्नुपर्ने संकल्पहरू के-के हुन सक्लान् त ?  ‘म’ २०६६ सालमा सकेसम्म देशको जिम्मेवार नागरकि बन्ने प्रयास गर्नेछु । त्यसका लागि गर्न सक्ने जति कुराहरू इमानदारीपूर्वक गर्ने प्रयत्न गर्नेछु । कुनै पनि ठूलो उपलब्धि भनेको स-साना क्रियाकलापहरूको समष्टिगत सार्थक रूप हो । कुनै पनि टाढाको गन्तव्यको प्राप्ति भनेको छोटाछोटा पाइलाहरूको गतिको परिणाम हो । सगरमाथाको शिखर विजय गर्नु भनेको तलबाट सुरु गरेर धैर्यपूर्वक एकतमासले आफूलाई उँचाइतिर डोर्‍याउन सक्नुको परिणाम हो । उपलब्धिका लागि कुनै पनि मान्छेको यात्रा भनेको एक सय मिटरको दौड होइन कि ४२ किलोमिटरको म्याराथन हो । सुरुवातमा नै आफ्नो भएभरको ऊर्जा खर्चेर यसलाई जित्न सकिँदैन, न त पूरा गर्न नै सकिन्छ । त्यसैले देशको जिम्मेवार नागरकि बन्नका लागि पनि ‘म’ म्याराथनको सहज सुरुवात गर्छु अनि उद्देश्यको पल्लोछेउसम्म पुगुन्जेल आफ्नो ऊर्जा बचाएर राख्ने प्रयास गर्छु । सबैभन्दा पहिले ‘म’ आफ्नो अधिकारका लागि अझ बढी सचेत हुन्छु । हामी चाहिने कुरामा अत्यन्त धैर्यशाली र नचाहिने कुरामा असाध्य आक्रामक र उग्र छौँ । तर, ‘म’ यो वर्षमा त्यसलाई उल्ट्याउनका लागि कन्जुस् याइँ गर्दिनँ । यद्यपि, आफ्नो अधिकार प्राप्तिका लागि ‘म’ कतै अरूको अधिकारलाई मिचिरहेको त छैन भन्ने कुरामा पनि त्यति नै सचेत हुनेछु । ‘म’ पहिले आफ्नो कर्तव्यहरूप्रति जागरुक हुन्छु ।

‘म’ बाटोमा थुक्दिनँ ।
‘म’ जेब्राक्रसमाथि लगेर मेरो सवारीसाधनलाई रोक्दिनँ ।
‘म’ रातो बत्ती बलेको बेला बाटो काट्दिनँ ।
‘म’ स् कुल-कलेजको नजिक हर्न बजाउँदिनँ ।
‘म’ एम्बुलेन्स र दमकललाई साइड दिन्छु ।
‘म’ जाम भयो भन्दैमा अर्को साइडबाट हुइँकिन्नँ ।
‘म’ कुनै पनि ठाउँमा बेलाइनबाट छिर्नुलाई पुरुषार्थ मान्दिनँ ।
‘म’ कागजपत्र, चकलेटका बोक्राहरू जहाँ पायो, त्यहीँ मिल्काउँदिनँ ।
‘म’ पानी र बत्ती भएन भनेर कराउने मात्र नभई आएका बेला त्यसलाई फारो गर्छु, दुरुपयोग गर्दिनँ ।
‘म’ मौका पाएसम्म पलायन भएर अन्य मुलुकमा गएर बस्दिनँ ।
‘म’ कुनै पनि कुरामा आफ्नो आङको भैँसीलाई पहिले राम्ररी हेर्छु अनि मात्र अरूका आङका जुम्राहरू केलाउन थाल्नेछु ।

त्यसपछि मात्र ‘म’ आफू जिम्मेवार नागरकि बनेको अनुभव गर्नेछु । त्यति भयो भने ‘म’जस् तै अरू ‘म’हरू मिलेर ‘हामी’ बन्नेछौँ र केही सामूहिक संकल्पहरू गर्नेछौँ ।

‘हामी’ टायर बाल्दैनौँ र सार्वजनिक सम्पत्तिको विनाश गर्दैनौँ ।
‘हामी’ कागले कान लग्यो भनेको सुनेर कागको पछि दौड्दैनौँ ।
‘हामी’ आफ्नो स् वार्थसिद्धिका लागि हामीलाई हतियार बनाउने र एकआपसमा लडाउनेहरूको मनशायलाई पूरा हुन दिँदैनौँ ।
‘हामी’ देशलाई भोलि थाम्ने हामी नै हौँ भन्ने बुझेर त्यसका लागि आफूलाई तयार पार्नेछौँ ।
‘हामी’ पढ्ने थलोलाई कार्यकर्ता उत्पादन गर्ने कारखाना बन्न दिँदैनौँ ।
‘हामी’लाई प्रकृतिले दुईवटा कान र एउटा मुख दिनुको कारण जति बोल्ने हो, त्योभन्दा दोब्बर सुन्नका लागि हो भन्ने बुझेर अरूलाई पनि बोल्ने मौका दिनेछौँ ।
‘हामी’ कर तिर्नेर्छौं ।
‘हामी’ राजस्वले छापा मारेको भनेर बन्द र विरोध गर्ने छैनौँ ।
‘हामी’ मिटरमा झेल गर्न पाइएन भनेर ट्याक्सी बाटोमा तेर्स्याएर सहर नै ठप्प पार्ने जघन्य अपराध गर्ने छैनौँ ।
‘हामी’ मिसावट जाँच गर्न पाइँदैन भनेर इन्धनको बिक्रीवितरण बन्द गरेर दबाब सिर्जना गर्ने छैनौँ ।
‘हामी’ भ्रष्टाचार गर्ने छैनौँ ।
‘हामी’ घूस र कमिसनतन्त्रको जालोमा कुचो लगाउने प्रयास गर्नेछौँ ।
‘हामी’ आफूले गर्न सक्ने कुरामा सरकारको मात्र मुख ताकेर बस् ने छैनौँ ।
‘हामी’ सजीवनको तेलबाट अरू धेरै इन्जिनहरू चलाउन खोज्नेछौँ ।
‘हामी’ रोजगारीका लागि कुनै जाति, वर्ग वा लिंगको भेदभावलाई प्रश्रय दिँदैनौँ ।
‘हामी’ बाहिरबाट बोकेर ल्याउन भारी हुने भए आफ्नै देशमा वायु वा वैकल्पिक ऊर्जा उत्पादनका सम्भाव्यताहरू खोज्नेछौँ ।

‘हामी’ सबै जिम्मेवार नागरकिहरू बनिदियौँ  भने जसजसको काँधमा जुनजुन रूपमा भए पनि देश र जनताको भलो गर्ने जिम्मेवारी छ, ‘उनी’हरू पनि चेतना आएर, पश्चातापले अथवा लाजैले किन नहोस्, जिम्मेवार बन्न  कर लाग्नेछ । त्यसका लागि ‘उनी’हरूले पनि केही संकल्प गर्नेछन् ,

‘उनी’हरू पटकैपिच्छे फरकफरक कुरा बोल्ने छैनन् ।
‘उनी’हरू मुलुकको भलोका लागि काम गर्न कुनै बाहिरियाको समर्थन खोज्ने छैनन् ।
‘उनी’हरू शिक्षा, स्वास्थ्य र भूमिजस् ता अत्यावश्यक कुराहरूमा कालोबजार चल्न दिने छैनन् ।
‘उनी’हरू कमसेकम संस्कृति र कलालाई राजनीतीकरण हुन दिने छैनन् ।
‘उनी’हरू प्रेस र जनताको अभिव्यक्तिको स् वतन्त्रतालाई हनन हुन दिने छैनन् ।
‘उनी’हरू मुलुकलाई फेर िबारुदको बाटोमा फर्काउने चेतावनी दिने छैनन् ।
‘उनी’हरूलाई जुन कुराका लागि जनताले विश्वास गरेर त्यहाँ पठाएका छन्, तिनको विश्वासलाई घात दिने छैनन् ।

अनि, उनीहरूलाई सघाउनका साटो सन्काउन मात्र लागिपरेकाहरूले पनि संकल्पहरू गर्नेछन्,

‘हामी’ कसैलाई कामै गर्न नदिई असफलताको आरोप लगाउने छैनौँ ।
‘हामी’ बातैपिच्छे बन्द र हडतालजस्ता देशलाई भँडखालोमा हाल्ने कुराहरू आह्वान गर्ने छैनाँ।
‘हामी’ नयाँ वर्षमा नयाँ नेपालको जग मात्र बसाउनका लागि भए पनि आफ्नोतर्फबाट भरमग्दुर प्रयत्न गर्नेछौँ ।

मेरा संकल्पहरू पूरा गर्न सकौँ भनेर ‘म’ आशा गर्छु किनभने मेरा संकल्पहरू पूरा भएपछि ‘हाम्रा’ संकल्पहरू पूरा हुनेछन् । अनि, ‘हाम्रा’ संकल्पहरू पूरा भए भने मात्र ‘उनी’हरूका संकल्पहरू पनि पूरा हुन्छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s