प्लान्कटन र पठारहरू

चैत्र २४, २०६५ नेपाल साप्ताहिकमा मेरो स्तम्भ “बायाँ फन्को” मा प्रकाशित

एक जना मित्र नौ वर्षको अन्तरालमा भेटिँदा उनले उत्साहित भएर आफ्नी विदेशी प्रेमिकाका बारे बताएका थिए । कसरी एउटै विदेशी परयिजनामा उनीहरूको भेटघाट भएको थियो, कसरी उनीहरू एकआपससँग नजिकिए । उनीहरूका दृष्टिकोणमा समानताहरू भेटिन थाले र साथै जीवन बिताउने निर्णय गरे भन्नेबारेमा उनले उज्यालो अनुहार लगाएर बयान गरेका थिए । एक वर्षदेखि उनीहरू सँगसँगै बसिरहेका रहेछन् । यति लामो अवधिमा आफ्नो बीचमा कुनै समस् या नभएको हुनाले औपचारकि रूपमा विवाहबन्धनमा बाँधिने कुरा पक्कापक्की पनि गरसिकेका रहेछन् । मोबाइलको मेमोरी कार्डमा अट्नेजति फोटोहरू पनि उनले राखेका थिए । कुन फोटो कुनबेला कहाँ कसरी खिचेको भन्ने पनि उनलाई मुखाग्र थियो । त्यसको एक साता नबित्दै उनी आफ्नो बिहेको कार्ड लिएर आएका थिए । तर, प्रेमकथामा नाटकीय मोड आइसकेको थियो । स् वदेशकै एक जना प्रभावशाली व्यक्तिकी छोरीसँग उनको बिहे हुन लागेको रहेछ । मोबाइलबाट पनि विदेशी प्रेमिकाका सारा फोटाहरू मेटिइसकेका थिए र तिनका ठाउँमा उनले बिहे गर्न आँटेकी युवतीका छविहरू प्रतिस् थापित भइसकेका थिए । उनी आफ्नो एक्लो बूढो पिता, विदेशी युवतीप्रति अन्य परविारजनको आशंका, स् वदेशी केटीको सामाजिक र आर्थिक हैसियतलगायतका अरू थुप्रै कुराहरूले आफ्नो ताजा निर्णयको ढाकछोप गर्न खोजिरहेका थिए । सहमति र विरोध केही पनि नसुनेपछि लामो सुस् केराको साथमा उनी ‘जिन्दगी सम्झौता पनि हो रहेछ, अर्काका लागि पनि सोच्नुपर्ने रहेछ’ भन्ने दार्शनिक किसिमका कुराहरू गर्न थाले । तर, उनको अनुहारमा मलीनता देखिन्थ्यो, कुराकानीमा आफ्नो निर्णयप्रति ग्लानिभावको अंश थियो । व्यावहारकिताका नाममा मान्छेले आफ्नो र अरूको भावनालाई कति सजिलैसँग निमोठ्न सक्छ । कर्तव्यको खोल ओढाइएको शूलीमा भावनालाई चढाएर न ऊ आफू खुसी रहन्छ, न अरूलाई खुसी बनाउँछ । तैपनि, आफू कर्तव्यपरायण र त्यागी भएको आत्मवञ्चनामा अलमलिएर बाँचिरहन्छ मान्छे । हुन त कुनै पनि मान्छेको व्यक्तिगत जीवन अरूले टाउको दुखाउने विषय होइन । सम्बन्ध एकअर्काका लागि अनुत्पादक हुन्छन् र कुरो मिल्दैन भने त्यसको बोझलाई बोकिरहनु पनि हुँदैन । हामी त्यसै पनि अर्काका कुराहरूमा बढी निणर्ायक हुने गर्छौं, तस्सबीरको आफूपट्टि फर्केको भागलाई मात्र हेरेर सही-गलत खुट्याउने गर्छौं । त्यसैले ती मित्रका कुरामा निणर्ायक नहुँदानहुँदै पनि केही कुराहरू मनमा खेलिरहे । जस् तो, अचेल सम्बन्धहरूमा अलि बढी, अलि छिट्टै कटुताहरू आउने गरेको देखिन थालेको छ । मानिसहरू अचेल बढी व्यापारकि हुँदै गएका छन् । हाम्रै वरपिर िहेर्दा पनि पहिलेको तुलनामा बढी सम्बन्धका भग्नावशेषहरू देखिन थालेका छन् । समय, परििस् थति, भौतिक पक्षप्रति बढी आकर्षण, पश्चिमा समाज र तिनका रहनसहनसँग बढी हिमचिम हुनाले पनि सोच्ने शैलीमा परविर्तन आएको त होइन ? पहिलेको भन्दा बाँच्न कठिन हुँदै गएकाले अरूका लागि सोच्ने फुर्सद मान्छेहरूलाई हुन छाडिसकेको जस् तो छ । सम्बन्धहरू कठिन घुम्तीहरूमा घुमिरहेका छन् भन्ने भान हुन्छ । साथीसाथीका, छिमेकीछिमेकीका, प्रेमीप्रेमिकाका, लोग्नेस् वास् नीका, अभिभावक र तिनका सन्तानलगायतका दाजुभाइ-दिदीबहिनीका सम्बन्ध पनि पहिलेका भन्दा फरक हुँदै गइरहेका छन् । मनका कुरा सुन्ने र मगजका कुरा सुन्ने दुवै खुसी वा दुःखी नभएका होइनन् । तर, आजको हाम्रो समाजले भावनालाई पाखा लगाउँदै गइरहेको छ । एउटा अर्का मित्रको सम्झना हुन्छ, जसकी प्रेमिकाले प्रेम उनीसँग गरनि् तर विवाह अरू कसैसँग । भनिरहनु नपर्ला, जससँग उनले बिहे गरनि्, ती मान्छे उनका प्रेमीभन्दा उँचो आर्थिक हैसियतका थिए । हो, जिन्दगी भावनाले मात्र चल्दैन, भौतिक सुखसुविधा र आर्थिक सुरक्षा जरुरी हुन्छ । तर, त्यसको सीमा कति हो भन्ने सायद मान्छेले सोच्न छोडेका हुन् कि ! एक अर्का मित्रको दाम्पत्य जीवन बिहे गरेको तीन महिना पनि नबित्दै टुंगियो । मागी विवाह गरेका ती दुवैले एकअर्कालाई बुझ्ने प्रयासै नगरी अलग बाटो हिँड्न थाले । जीवनभर साथ दिने वाचा गरेर विवाह बन्धनमा बाँधिएकाहरूले तीन महिना नबित्दै कसरी, कुन कसीमा, कुन कारणले, के तर्कले त्यो साथ अनुपयोगी हो भनेर निक्र्यौल गरे होलान् ? एकअर्कालाई चिन्न-बुझ्न केही बढी समय दिएका भए उनीहरूको परण्िाति अर्कै हुन्थ्यो कि ? हुन त समय मात्र पनि दिगो सम्बन्धको कारक हुन सक्दैन किनभने नातिनातिना भइसकेका एक जना अर्का परििचतले बूढेसकालमा श्रीमतीसँग पारपाचुके गरे । जीवनको त्यत्रो लामो यात्रा सँगसँगै पार गरसिकेपछि पनि त्यस मोडमा आएर सम्बन्धको अन्त्य हुनु स् वाभाविक लाग्दैन । त्यसमा बदलिँदो सामाजिक परविेश, त्यसले मान्छेको सोचाइ र व्यक्तित्वमा पररिहेको समग्र प्रभाव हुनसक्छ । यतिखेर महँगी, अभाव, तनाव, प्रतिस् पर्धा, अस् िथरता, अन्योल र भविष्यको अनिश्चितताजस् ता कुराहरूले आक्रान्त भएर हरेक मान्छेे कठिन अवस् थाबाट गुजि्ररहेको छ । यस् तो परििस् थतिमा मान्छे बिथोलिनु स् वाभाविक हो । यसरी मनस् िथति बिग्रनु भनेको त्यो सम्बन्धहरूको कारक हुनसक्छ । सम्बन्ध एकअर्काका लागि बनेका रहेनछन् भने त तिनलाई सही मोड दिएर अलग बाटो हिँड्नुको विकल्प हुँदैन । तर, मान्छेले त्यो निर्णयमा पुग्नुअघि केही कुरा केलाउनु पनि पर्छ । आक्टिर्क समुद्रमा पाइने एकथरी प्लान्कटन भनिने जीवहरू अरू केही बाँच्न नसक्ने चिसो हिउँमा पुरएिर पनि वषौर्ंर्सम्म निश्चल तर जीवित रहन्छन् । जब सुहाउँदो तापक्रम पाउँछन्, तिनीहरू फेर िसक्रिय हुन थाल्छन् । कतै भावनाका सम्बन्धका त्यस् ता जीवाणुहरू बाँकी त छैनन् भनेर हेर्नु पनि जरुरी हुन्छ कि त ! सम्बन्धमा चिसोपना आउन सक्छ तर त्यसलाई स् िनग्धताको न्यानो दिने हो भने यी प्लान्कटनहरू फेर िसक्रिय हुन सक्छन् । सँगै हिँड्दाहिँड्दै पनि नजानिँदो गरी पाइलाहरू एकअर्कोबाट टाढा हुँदै जान सक्छन्् । तर, निकटताका लागि गति दिने हो भने पाइलाहरू फेर िजोडिन पनि सक्छन् । भौगोलिक स् िथतिको अनुसन्धान गर्नेहरूका अनुसार भारतीय भूमिको तलमा रहेको एउटा ठूलो पठार विस् तारैविस् तारै उत्तरतिर सररिहेको छ, तिब्बती पठारलाई भेट्न । ६ करोड ५० लाख वर्षअघि सुरु भएको यस यात्राको गति वर्षको पाँच सेन्टिमिटर छ । अर्थात्, मान्छेको औँलाको नङको विकासको गतिको मात्र दोब्बर । तर, मनभित्रका पठारहरूको गति त त्यसभन्दा सुस् त पनि हुनसक्छ । जमिनमुनिका पठारहरू भेटिए भूकम्प आउँछ, धाँजाहरू फाट्छन् र विनाश हुन्छ । मनभित्रका पठारहरू भेटिए धर्मराइरहेका कुराहरू स् िथर हुन्छन्, फाटेका धाँजाहरू पुरन्िछन् अनि सम्बन्धमा नयाँ आयामको सिर्जना हुन्छ । तर, कुनै पनि सम्बन्धमा त्यो गति र ती प्लान्कटनहरू हुनुचाहिँ पर्छ, जुन हरेक बिग्रेका सम्बन्धमा हुन्छन् नै भन्ने जरुरी पनि छैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s