नेपाली तारा

चम्किला तारा

from Himal Khabar Patrika/Saun 2062


 

नेपाली ताराको टपटेनमा पर्न सफल प्रतियोगीहरूको जीवनशैली ६ महिनायता एकाएक फेरिएको छ । ख्यातिप्राप्त सङ्गीतकारहरूसँगको सङ्गत, नियमित अभ्यास र परीक्षा, राजधानीका ‘म्युजिक कर्न्र्सट’हरूमा सहभागिता, व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षणहरूसँगै शहरका मुख्य स्थानमा आफ्नो तस्बिरसहितका ठूल्ठूला होर्डिङबोर्ड अनि चुलिँदो लोकप्रियतासँग साक्षात्कार गरिरहेका उनीहरू भन्छन्, “सबै सपना एकैचोटि पूरा भएजस्तै लागिरहेको छ ।”

तनहुँकी पुस्पा पौडेल, इलामकी झुमा निरौला, पोखराका धर्मेन्द्र सेवान, संखुवासभाका भविन ढुङ्गाना, सुनसरीका दीपक लिम्बू, नवलपरासीकी इन्दिरा जोशी, स्याङ्जाका रुपक डोटेल, झापाकी दुर्गा खरेल, काठमाडौँका सिर्जन ल्वागुन र रमेश पोखरेलको अवस्था यस्तै छ । विभिन्न चरणको प्रतिस्पर्धाबाट छानिएका ‘सामसुङ नेपाली तारा’ का यी ‘टप टेन’ प्रतिभाहरू अहिले टेलिभिजनका लाखौँ दर्शक/श्रोताका आँखाका तारा बनेका छन् ।

छ महिनाअघि राजेन्द्र शलभ, ब्रजेश खनाल र रञ्जित आचार्य टेलिभिजन कार्यक्रमको नयाँ ‘कन्सेप्ट’ माथि छलफल गर्दैथिए । नीलबाराही फिल्मस् र स्टुडियो फोरबाट उनीहरूले ‘साङ्गीतिक प्रतिभाको खोजी’ गर्ने निधो गरे । सोनी टेलिभिजनबाट प्रसारण भइरहेको ‘इन्डियन आइडल’ साङ्गीतिक-शृङ्खलाको लोकप्रियताले उनीहरूको ध्यान खिच्यो । धेरथोर प्रेरणा र प्रभाव बटुल्दै तीनैजना लागे कार्यक्रमको खाका तयार गर्न । अनि शुरु भयो नेपाली तारा खोज्ने काम । निर्णायक बनाइए सङ्गीतकारद्वय दीपक जङ्गम, आलोकश्री र गायिका विमला राइ ।

धरानबाट शुरु भएको पहिलो चरणको खोजी नारायणघाट, बुटबल, पोखरा, नेपालगञ्ज हुँदै काठमाडौँमा टुङ्गियो । नौ हजार आठ सय एकहत्तर सहभागीमध्येबाट दुइ सय छ जना प्रारम्भिक छनौटमा परे । दोस्रो चरणमा छानिए चालीस जना । त्यसपछि बीस र अहिले ‘टपटेन’ हुँदै ‘टपनाइन’ ।

गएको साता सङ्गीतकार आलोकश्रीको सङ्गीतमा दश जनाको स्वरसमाहित गीतिसँगालो समेत र्सार्वजनिक भएको छ । फ्रेस आवाज सँग काम गर्ने धोको पूरा भएको बताउँदै आलोकश्री भन्छन्, “यो एल्बममा नेपाली ताराहरूले स्थापित गायक-गायिकाभन्दा कम्ती गाएका छैनन् ।” यीमध्येका उत्कृष्ट पाँचले नेपाली सङ्गीतमा ठूलै तहल्का मच्चाउने दाबी छ आलोकश्रीको । निर्ण्र्ााहरूको एउटै स्वर छ, “यिनीहरू लोक, आधुनिक र पप तीनै विधामा खुबी देखाएरै आएका हुन् । सबै ‘भर्सर्ााइल सिङ्गर’ हुन सक्छन् ।”

उत्कृष्ट बीस सहभागीलाई काठमाडौँको र्याडिशन होटलमा ‘क्लोज क्याम्प’मा राखिएको थियो । त्यहाँ उनीहरूले व्यक्तित्व- विकासका धेरै कुरा सिके । छानिएका दश जनाको डे्रसअप, हेएर स्टाइलदेखि धेरै कुरामा आमूल परिवर्तन आएको छ अहिले । नेपाल इन्भेस्टमेन्ट ब्याङ्कबाट १०/१० हजारको डेबिट कार्ड समेत पाइसकेका टपटेन प्रतिपर्द्धर्ीीे आ-आफ्नो क्षमताका आधारमा ‘स्वीट स्माइल’, ‘बेस्ट पर्फेन्स’, ‘सुरशक्ति’ र ‘फोटोजेनिक’ अवार्डसमेत पाउने भएका छन् । उत्कृष्ट नेपाली ताराले पाउनेछन् एक सहयात्रीसहित सातदिनको मलेशिया र सिङ्गापुर भ्रमण, मोटरसाइकल, ५१ हजारको डेबिट कार्डसहित गायनका विभिन्न अवसर ।
अबको निर्ण्र्ााा दर्शकहरूसमेत सहभागी हुनेछन् । यसका लागि दर्शकहरूले एसएमएस, इमेल र फोनबाट आफ्नो अभिमत पठाउन सक्छन् । दर्शक र निर्ण्ाायकको आधा-आधा मतका आधारमा हरेक हप्ता एक जना बाहिरिनेछन् । शुरु भइसकेको छ यो क्रम । १५ साउनमा झुमा निरौला बाहिरिंदा प्रतिस्पर्द्धर्ीी मात्र हैन, सञ्चालकहरूसमेत भावुक बने । निरौलाले भनेकी थिइन््, “लामो समयसम्म एउटै परिवारका जस्ता भएर सँगै रहेका साथीसँग छुट्टँिदा निकै नरमाइलो लाग्दो रहेछ ।” निर्ण्र्ाासुनाउँदा सहभागीहरूको मनोविज्ञानसँग खेल्नुपर्ने अनुभव सुनाउँदै प्रस्तोता ब्रजेश खनाल भन्छन्, “जो छानिएको छ, उसलाई अत्याउँदा-अल्मल्याउँदा रमाइलै हुन्छ । तर कोही बाहिरिएको खबर सुनाउने बेला आफू अलि क्रूर भएजस्तो लाग्छ ।” कार्यक्रमको विशेषता नै बनिसकेको छ ब्रजेश र रीतु रामदामको मनोरञ्जनात्मक प्रस्तुति ।
सहभागीमध्ये धेरैजसोले पुराना पुस्ताका नारायणगोपाल, भक्तराज आचार्य, अरुण थापाका गीतहरू गाए । स्टुडियो फोरमा सहभागीलाई सङ्गीत-प्रशिक्षण दिएका राजीव शाहका अनुसार रेकर्डिङका क्रममा उनीहरू नेपालका स्थापित गायकहरूभन्दा कम देखिएनन् । यसरी नौ हप्तापछि देशले एउटा साङ्गीतिक प्रतिभा पाउने भएको छ- सबैले गर्व गर्न सक्ने । प्रतिस्पर्द्धर्ाा बाँकी ‘टपनाइन’ सहभागीको खुबीबारे दर्शकहरूबीच नियमित समीक्षा भइरहेको छ । भोलिको साङ्गीतिक-उज्यालोको सङ्केत मानिँदैछन् टपटेन नेपाली तारा ।

From enasha.com
नेपाल टेलिभिजनको इतिहासमा सबैभन्दा महङ्गो टेलिभिजन ‘रियालिटी शो’ नेपाली तारा पुनः फर्कने तयारीमा छ । नेपाली तारा द्वितीयमा त्यस्तो के छ ? तपाइँको प्रश्न हुनसक्छ । यसका आयोजक तथा निर्माता नीलबाराही फिल्म्स्सँग यो प्रश्नका अनेक उत्तर छन् । “यो पहिलोभन्दा दोब्बर मनोरञ्जक र दोब्बर प्रतिस्पर्धात्मक छ”, कार्यक्रमका प्रस्तोता ब्रजेश खनाल प्रश्न भुइँमा झर्न नपाई उत्तर दिइरहेका छन् ।

हुन पनि यस पटकको कार्यक्रममा अघिल्लो संस्करणभन्दा २५ प्रतिशतले सहभागिता बढेको छ । अघिल्लो पटक नौ हजार बढीले ‘स्टार’ गायक बन्न आफ्नो स्वरको परीक्षण गरेका थिए भने यस पटक १४ हजारभन्दा बढीले आफ्नो घाँटी जँचाएका छन् । अघिल्लो कार्यक्रममा लोकप्रियता हासिल गर्न एक महिना लागेको थियो, तर यो कार्यक्रम शुरु हुनुअघि नै मान्छेमा जिज्ञासा शुरु भइसकेको छ ।

अघिल्लो कार्यक्रममा गला हुने-नहुने, रुचि भएका-नभएका सबै थरी व्यक्तिको सहभागिता थियो तर यो कार्यक्रममा बढी चाहिँ सङ्गीत बुझेर आएकाहरुका नै प्राधान्य छ । जसलाई प्रस्तोता खनालको शब्द सापटीमा ‘क्वालिटी पार्टिसिपेशन’ भन्न सकिन्छ । खनालको खुशी केमा पनि छ भने, अघिल्लो पटकको कार्यक्रममा कथित् उच्च वर्गका युवाहरुको सहभागिता ज्यादै न्यून थियो भने यस पटक चाहिँ तिनको सहभागिता पनि हृवात्तै बढेको छ । उनी भन्छन्- “जो अंग्रेजी गीतलाई मात्र सर्वश्व ठान्थे, तिनीहरु अघिल्लो कार्यक्रममा ज्यादै न्यून थियो, तर यस पटक उनीहरु पनि यतातिर तानिएका छन् ।”

अघिल्लो कार्यक्रम हेरेर तपाइँलाई कार्यक्रमको सेट मन नपरेको भए, त्यो पनि परिवर्तन भइसकेको छ । सूत्रका अनुसार यो सेट निर्माण गर्न निर्माताहरुले ‘गतिलो’ रकम खर्च गरिसकेका छन् । सहभागीको गलाले तपाइँलाई तान्न सकेन भने झकिझकाउले तपाइँलाई तान्न सक्छ । यो झकिझकाउ चाहिँ तपाइँले ‘पियानो राउण्ड’पछि मात्र देख्न पाउनु हुनेछ ।

अघिल्लो कार्यक्रमले सिकाएको पाठमा कार्यक्रम प्रस्तुतिकरण पनि हो । यस पटकको प्रस्तुतिले दर्शक अझ बढी तानिने दाबी प्रस्तोता खनालको छ ।

यस पटक न्यायाधीशहरु फेरिएका छन् । अघिल्ला न्यायाधीशहरुमा गायिका विमला राई र सङ्गीतकार आलोकश्री यस पटक रहने छैनन् । बरु तिनको ठाउँमा राम थापा र दीपक वज्राचार्य नयाँ न्यायाधीश बनेर आएका छन् । यस पटक किन महिला न्यायाधीश नराखिएको त ? “महिला सहभागिता जरुरी छैन,” खनाल भन्छन्- “मुख्य कुरा त सङ्गीतको प्रतिभाखोजी हो, पुरुष या नारी न्यायाधीश ठूलो विषय होइन । यसमा जेण्डरको कुरा कहाँबाट आयो ?”

यस पटक नेपाली तारा द्वितीयमा प्रथम हुनेलाई पुरस्कार पनि दोब्बर नै छन् । के के छन् त पुरस्कार ? त्यो चाहिँ विस्तारै घोषणा गर्दै जाने पक्षमा छ नीलबाराही फिल्म्स् ।

नेपाली ताराका विजेता र रनरअपहरुले आफ्नो प्रचारप्रसार चाहेजस्तो दामी हुन नसकेको भनी आलोचना गरिरहेको बेला नीलबाराही फिल्म्स् भने स्पष्टीकरणको भाषा बोलिरहेको छ- “आफ्नो च्यानल छैन, टेलिभिजनबाट चाहेजति प्रचार गर्न सक्दैनौँ । अघिल्लो कार्यक्रमका विजेतालाई लिएर देश भ्रमणमा जाने योजना त थियो तर देशको अस्थिरताले त्यो पनि मिलेन । स्थिति सहज भएको भए प्रतियोगीहरुलाई अझ बढी फाइदा हुन्थ्यो नै ! तर यस पटक स्थिति राम्रो भएकाले अनेक योजनाहरु बुनिएका छन् ।”

तर पनि आयोजकहरु एक वर्षअघिसम्म नाम नसुनिएका र अवसर नपाएका व्यक्तिले यही कार्यक्रमको प्रभावका कारण चलचित्रमा पार्श्वगायनमा स्थापित हुनसक्नु राम्रो हो भनिरहेका छन् । स्मरणीय के छ भने, नेपाली तारा दीपक लिम्बु नेपाली चलचित्रको पार्श्वगायकका रुपमा स्थापित भइसकेका छन् । उनको एउटा एल्बम बजारमा आइसकेको छ । त्यस्तै, रनरअप धर्मेन्द्र सेवानको एल्बम पनि गएको महिना बजारमा आइसकेको छ ।

“हामीले नेपाल र सम्पूर्ण देशको स्थितिअनुसार आफ्नो हैसियतको कुरा गर्नुपर्छ”, असन्तुष्ट पक्षलाई शान्त गराउने लवजमा प्रस्तोता खनाल भन्छन्- “हामीले इण्डियन आइडोल र अमेरिकन आइडोलसँग तुलना गर्न मिल्दैन । आफ्नो देशसँग ती देशको पनि तुलना गर्नुपर्‍यो । आफ्नी स्वास्नीलाई क्याथरिन जेटाजोन्स र ऐश्वर्या रायसँग तुलना गर्नुजस्तै हो, नेपाली तारा र इण्डियन आइडोल तथा अमेरिकन आइडोलको ख्याति तुलना गर्नु भनेको !”

Advertisements

2 thoughts on “नेपाली तारा

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s