सुन्ने कोही नभैदिंदा बोल्ने पनि लाटो हुन्छ
संगै बग्ने नदीको पनि दुइटा भिन्दै पाटो हुन्छ
उठाउने कोही नभएपछि ठेस लागि लडे पनि
कहीं पनि पुगिन्न रैछ एक्लै जति हिंडे पनि
साथै हिंड्ने एउटै गोरेटो पनि दोबाटो हुन्छ
संगै बग्ने नदीको पनि दुइटा भिन्दै पाटो हुन्छ
नसकेपछि बुझ्न कसैले भावनाको मूल्य यहाँ
खन्याए पनि मुटु निचोरि पुग्दो रैछ र कहाँ
मोति भनेर साँचेको माया पनि माटो हुन्छ
संगै बग्ने नदीको पनि दुइटा भिन्दै पाटो हुन्छ
यो सत्य हुँदा हुँदै पनि लछ्य लिएका हरु यसरी हरेश खानु हुँदैन । मन भित्र को भाबना लाई दबाउनु हुँदैन । लेख्दै जानु पर्छ – लेख्दै जानु पर्छ ।
यो एउटा गन्तब्य मार्ग जस्ताइ हो । गन्तब्य मार्ग सधैं एड्भान्चर हुन्छ । ( मलाई यो एड्भान्चर को नेपालीमा रुपान्तर आएन अहिले )
एड्भान्चर मार्ग मा कहिले फूल हुन्छ कहिले काडा । कहिले सुन्दर मनमोहक द्रिश्य देखिन्छ कहिले अत्यास लाग्दो – पट्ट्यार लाग्दो – दिक्क लाग्दो – कहिले डर लाग्दो द्रिश्य पनि देखिन्छ । सबैलाई समेट्दै पार गर्दै जानु पर्छ । यस्तो जिन्दगी जिउनु को मजा नै बेग्लाई छ ।