खै अब त देशै फेरियो रे
तर तिम्रो मन चाहिँ कहिले फेरिने हो
नयाँ बिहानी आयो रे भन्छन्
नयाँ बाटोमा हिंड्ने रे भन्छन्
खै तिमीले नयाँ पाइला कहिले चाल्ने हो
म त अझै पनि
तिम्रो आँखामा
मेरो लागि
आफ्नोपन खोजिरहेको छु
एक तमास, एक तमासले
असम्भव सपनाको
जुन बोट मैले रोपेको छु
त्यसमा मुना पलाउला भनेर
एक तमासले हेरिरहेको छु
बालुवामा कलमी सारेको
गुलाफको हाँगामा म
कहिले पात पलाउला
कहिले कोपिला लाग्ला
कहिले फूल फुल्ला भनेर
सपनामा रमाइरहेको छु
खै अब त सकैथोक नयाँ भयो रे
मेरो लागि त सबै अझै उस्तै छ
मेरो संसार त
तिमीले नफेरि फेरिन्न
मलाई त तिमीले नखोजी खोजिन्न
किनकि म त आजकल
आफैभित्र कतै अलमलिएर
आफैसंग हराइरहेको छु।
Advertisements