प्रतिक्रिया कवितामा
वर्षाको एउटा छिटा नामको कवितामा लूनाले कविता नै कोरेर लेखेको प्रतिक्रिया यस्तो छ,
कबिता सुन्दर छ , भाव झन् सुन्दर !
सुन्दर मात्र भनेर यो मनले मानेन — शब्द पनि छचल्कियो यसरी —-
~~^^~~^^~~^^~~
घोलेर सुन्दर रङ्ग
फागु पूर्णेको अधरमा
फूलेको फूल जस्तो
सुन्दर सुन्दर
ती शब्द – भाब – मन
~~
एउटा पहाड उचालेर
प्रतीक्षारत
प्रेमी युवक झैं
बलवान
ती शब्दका मर्म झन्
~~
उषाको लालिमा
टल्केको शीतको थोपा जस्तो
कोमल सुन्दर निर्मल
निश्छल
त्यो अन्तस्करण ।
~~~~~~~~~