RSS

Category Archives: sanju's say

असमान समानता

-सन्जु कोइराला
नेपाल साप्ताहिकमा प्रकाशित

रसिकाको बिहेमा चाँदनीसंग भेट भएको बेला देखि नै चारुलाई रमाइलो लागिरहेको छ। कोहीकोही मान्छे एकै भेटमा पनि वर्षौं पुराना मित्र जस्तो लाग्न थाल्छन्। चाँदनी पनि उसलाई त्यस्तै लागी। हुन त उनीहरुको बीचमा मुश्कीलले आधा घण्टा पनि कुराकानी भएको थिएन। तर त्यति समयमा नै चारुले थाहा पाइसकेकी थिई, उनीहरुको बीचमा थुप्रै कुरामा समानताहरु छन्। हुँदाहुँदा उनीहरुको नाम नै पनि एकै अक्षरबाट सुरु हुँदो रहेछ। जति पनि कुराहरु भए, जति पनि विषयमा, उनीहरुको एउटै दृष्टिकोण थियो। कस्तो अचम्म, बेलाबेला त आफैले आफैसंग कुरा गरे जस्तो लाग्यो उसलाई। साधारणतया चारुको अरु कसैसंग हतपति कुरा मिल्दैन। अनि कुरा नमिल्ने मानिसहरुसंग औपचारिकताका लागि मात्र हुँमा हुँ मिलाउने काम ऊ गर्न सक्दिन। Read the rest of this entry »

 
Leave a comment

Posted by on January 11, 2011 in sanju's say

 
 
Follow

Get every new post delivered to your Inbox.