पुनर्जन्म, स्वरसम्राटको
केही समय मैले सगरमाथा टिभीका लागि परामर्शदाताको रुपमा काम गरेको थिएं । त्यसैबेला मैले एउटा न्युजब्रेक गरेको थिएं, पुनर्जन्म, स्वरसम्राटको भनेर । My Sansar बाट साभार त्यसैको केही प्रतिक्रियाहरू ।
यस्तो पो रहेछ नारायण गोपालको ‘पुनर्जन्म’
October 2, 2007,
धेरै अघिदेखि नै सगरमाथा टेलिभिजनले ‘नारायण गोपालको पुनर्जन्म’ हेर्न नभुल्नुहोला
भन्दै प्रोमोहरु बजाएको बजायै गरेको थियो। के हो, कसैलाई थाहा थिएन। तर सगरमाथाले
घोषणा गरेको तेस्रो पटक बल्ल यो रहस्य खोल्यो। सुरुमा जुन दिन यसको प्रसारण गर्ने
भनिएको थियो, त्यो दिन केबलवालाहरुको आन्दोलन भएर कुनै नेपाली च्यानल नै हेर्न
पाइएन। अनि दोस्रो पटक जुन दिन यो कार्यक्रम प्रसारण गर्ने भनिएको थियो, त्यो दिन
काठमाडौँमा शृङ्खलावद्ध बम विस्फोट भएर साइत जुरेन। तेस्रो पटक बल्ल आइतबार यो
कार्यक्रम प्रसारण हुनसक्यो। पुनर्जन्मको रहस्य पनि खुल्यो। पुनर्जन्म भनेको
साँच्चिकै शारीरिक रुपमा पुनर्जन्म भएको होला भनेको त के खाएर हुनु ? एउटा
अप्रकाशित गीतमार्फत् पुनर्जन्म भएको भनिएको रहेछ।
कथा यस्तो रहेछ-
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा
यो गीत तपाईँहरुलाई थाहै होला चाँदनी शाह उर्फ तत्कालीन रानीले लेखेका। त्यतिबेला त
के रानीमात्र नि वडामहारानी। श्री ५ वडामहारानी। अब मौसूफ हजुरको चित्त बुझाउनु
पर्ने रहेछ गीतमा। त्यसैले यो गीतमा विभिन्न खालका संगीत र लय भरिएका रहेछन्। ती
मध्ये केहीलाई चाहिँ दरबार पठाइएको रहेछ स्वीकृतिका लागि। संगीतकार दीपक जंगम र
नारायण गोपालले यो चाहिँ लय दरबारबाट पास भएर आइदिए हुन्थ्यो भन्ने लागेको रे-
कार्यक्रम प्रस्तोता ब्रजेश खनालका अनुसार। तर अर्कै धून पास भएर आएछ। त्यही धूनको
गीत हामीले सुन्दै आएका हौँ। त्यो गीत निकै चल्यो पनि।
अब यो पुरानो इतिहासको पानामा पुरिसकेको लयको गीतलाई खोतलेको रहेछ सगरमाथा
टेलिभिजनले। कार्यक्रम प्रस्तोता खनालले नेपालका स्वरसम्राट नारायण गोपालको हालसम्म
अप्रसारित गीत खोतलेर सार्वजनिक गरेर स्रोताहरुलाई गुन भने लगाएकै हुन्।
तपाईँ पनि यो गीतको झलक सुन्ने हो ? सुनेपछि प्रतिक्रिया दिनु होला। मलाई भने
राम्रै लाग्यो यो नयाँ लय पनि।
44 प्रतिक्रियाहरु »
Song is really good one. Thankx to Mr. Khanal who made efforts to release
this.
Comment by Mr. Uprety — October 2, 2007 @ 3:30 am
good tune, if you can totally delete the past tune in your mind before
listening. Otherwise a bit uncomfortable.
Comment by ranjan — October 2, 2007 @ 4:27 am
यो पनि थिकै च तर अहिले चलिरहकै राम्रो च है /
जग्गे दादा उर्फ जगते
Comment by jagge — October 2, 2007 @ 4:39 am
पुनर्जन्म भन्दा पनि ओझेल मा परेको गीत भन्न राम्रो होला
Comment by Dev — October 2, 2007 @ 4:40 am
आ……….. मलाई त यो गीतको पुरानै सँगीत मन पर्यो है ? जसले जे सुकै भनोस ।
Comment by पुष्पजी दाहाल — October 2, 2007 @ 5:05 am
मलाइ त पुरानो नै मन पर्यो है, शायद कानलाइ बानी परिसकेको ले पो हो कि
Comment by Prajwol — October 2, 2007 @ 5:13 am
Mind blowing, fantastic, fabolous!!!!!!!!!
Very nice song.
Comment by rajen — October 2, 2007 @ 6:02 am
पुरानो ग़ीतको लय नै राम्रो लाग्यो, सायद युज़ टु भयेर होला.
Comment by Dawa — October 2, 2007 @ 6:16 am
मलाइ त कता कता आनौठो पो लागो/ एउटा धुन सुनने बानि परेको यो कान लाइ आर्को धुन
सुनाउदा पचाउन गारो परेको भान भयो / ज़े भय पनि नारायन् गोपाल को स्वोर सुन्न
पाउदा भने आनन्द आयो /
Comment by Ajneya — October 2, 2007 @ 7:19 am
बास्तवमै गीतको यो version आर्को भन्दा राम्रो छ. अन्तरा त झन अत्ति नै राम्रो
रहेछ. त्यसमाथि स्वर सम्राटको स्वरको जादू….पटक पटक सुनिरहु जस्तो लागिरहेको छ.
धन्यबाद सबैलाइ, जसले गर्दा यो सुन्न पाइयो.
Comment by Bikash@Texas — October 2, 2007 @ 7:45 am
एक पटक भारतमा पनि मो रफिको यसै गरी डब्बामा थन्किएको गीतको प्रचार प्रसार गरेको
थियो। त्यसैको असर होला पुनर्जन्म! यसो नगरेर जनताला नझुक्याएको भए हुने नि हैन
र?
Comment by हाम्रोदेश.कम — October 2, 2007 @ 7:51 am
awesome, fabulous, outstanding हिलाके रख्दिया
Comment by Deep — October 2, 2007 @ 8:08 am
it’s really a good job by mr khanal. we should appreciate this new finding.
Regarding the song i prefer the previous one. but this is also the nice one.
Comment by dhruba — October 2, 2007 @ 8:55 am
मलाई त सारै राम्रो लाग्यो . सारै मार्मिक धुन लाग्यो . गीतको मर्म सङग एकदम
मिलेको लाग्यो मलाइ
Comment by roshan — October 2, 2007 @ 9:25 am
I also watched the programme, but there was too much “masala” than the meat
itself. The TV Channel was trying to fool Nepali viewers.
Comment by xyz — October 2, 2007 @ 9:28 am
मलाई त पहिला कै मन पर्यो यो भन्दा —-हुन त पहिलो सुन्ने बानि परेर होला !
यो पनि धेरै राम्रो छ तर २ बटामा कम्पेयर गर्नु पर्दा पुरानै वेटर ।
Comment by shila — October 2, 2007 @ 10:25 am
मान्नै पर्छ है हाम्रो bRaZes Bro लाई!
केहि गर्नु हुन्छ के हाम्रो ब्रजेश ब्रोले/ तर मलाई पनि पुरानै रम्रो लाग्यो/ सहि
फैसला गरिएको रहेछ उक्त वेला उक्त सन्गीतलाई नै चुनेर/ जेहोस एउटा नयां धूनमा नि
उक्त पुरानो गीत सुन्ने अवसर दिनु भएकोमा सबैलाई धन्येवाद छ है!!!
Comment by Pradeep — October 2, 2007 @ 12:10 pm
पुनर्जन्म भन्नु त्यती उपयुक्त लागेन । तर पुरानो भन्दा यो अझ बढी सुनुँ सुनुँ
लाग्ने खालको रहेछ ।
Comment by सुरेश — October 2, 2007 @ 12:22 pm
खनाल जी यो त राम्रो chhaina है. रानिले जे छान्नु भयो राम्रो नै छान्नु bhaychha
Comment by pramita — October 2, 2007 @ 12:27 pm
पहिलेको गीत चाहि सरल सजिलो पाराको थियो भने, यो चाहि अलि गारो जस्तो लाग्यो। तर
स्वार सम्राट नारायण गोपालको आवाजमा यस्तो जादू छ, जुन स्वारले जस्तै धुनमा गीत
गाएपनि त्यो पटक पटक सुनौ सुनौ लाग्छ।
र उमेश जीलाई पनि धन्यबाद, गीत राख्नु भएकोमा !!!
Comment by Anjali Gurung/ H.K. — October 2, 2007 @ 12:28 pm
पहिलेको लयमा नसुन्ने मनिसलाइ सोद्नेहो भने मात्र यो लयले न्याय पाउ६, नत्र
पहिलेकै राम्रो भनिहल्६न्नि! किनकि पहिलेकैले कानमा हैकम जमाइसकेको ६.
Comment by Bideep Gaule — October 2, 2007 @ 1:38 pm
ब्रजेशजिले काम त राम्रै गर्या हुन्/ ग़ीत पनि राम्रो रहेच, तर गाउनलाइ पहिला
भन्दा अप्ठेरो लाग्यो मलाइ त!( हुन त नारायण गोपालले गाए पुगिहाल्यो नि हामिले
गाउनुनै किन पर्यो र !!! तैपनि कहिले काहि गुन्गुनाउन मन लाग्च, त्यो पनि गारो
रहेच)/यसरि कुनै कालखन्डमा गएर लोप हुन सक्ने गीत हामिमाझ त्यत्रो तामझाम सँग
लिएरऔ आउनु पक्कै पनि स्वर सम्राटलाइ दिएको सम्मान हो/ तर दुख के कुरामा लाग्यो
भने ‘पुनर्जन्म’ भन्ने सब्दको चाहिँ ब्यापक दुरुपयोग गरे यी ब्रजेश भन्ने
मनुवाले/ न त नारायण गोपाल भौतिक रुपमा फेरी जन्मेका रहेचन (के थाहा हाम्रा भर्खर
सुरु भएका च्यानलहरुले पुनर्जन्म गराइदिन पनि के बेर!) न त नारायण गोपाललाइ अमर
बनाउने त्यहि एउटा मात्रै गीत च!! के के न दखाउने जस्तो पुनर्जन्म भन्या च भन्या
च! ग़ित त्यो पनि राम्रो र चर्चित गीत त ल्यएचन त्यस्मा खुसि नै लाग्यो तर दुख
चहिन हाम्रा भर्खर सुरु भएका न्युज च्यानल हरुले पनि ‘आजतकपथ’ रोजेचन भन्नेमा हो/
योगेन
Comment by Yogen — October 2, 2007 @ 2:45 pm
its really a good song
Comment by Roshan — October 2, 2007 @ 3:03 pm
नारायन दाइ का सबेइ गित राम्र्रा र मन बहकउने ६न old is goold
Comment by ghanshyanghimire — October 2, 2007 @ 3:48 pm
Earlier musik is better than this. This shows the palace has little bit
knowledge about music.
Comment by rajendra k.c. — October 2, 2007 @ 4:13 pm
I like both songs, they are equally good.
And my heartly thanks to Umesh ji as you have given us such a sunaulo mauka to
listen Narayan Gopal. Thank you Umesh ji
Comment by bud uk — October 2, 2007 @ 4:33 pm
purano ramro chha……….
Comment by Keshav — October 2, 2007 @ 5:19 pm
OLD ONE IS GOLD ONE
Comment by Abinav — October 2, 2007 @ 5:29 pm
ब्लगरजी सरै राम्रो काम गर्नुभो! नयाकुरो थाहापाइयो/ धन्यबाद….
Comment by menam — October 2, 2007 @ 6:20 pm
मलाइ त पुरनो राम्रो लग्यो.
Comment by Ramesh — October 2, 2007 @ 6:31 pm
पुरानो भन्दा यो गीत सारै राम्रो च्ह, उहि नारायन गोपालको सोर सुन्दा त, मेरो आखा
भरियेर आयो.धन्यच्हौ नारायन दाइ !!!! तपाइ जहा भयेपनि !~!!
Comment by G Acharya — October 2, 2007 @ 7:18 pm
Not Bad! but previous one was the best. I think Royal palace was best to
choose the music before better then they thought about the people. if they
choose the way of SUSHASHAN like this song. Defenetly they dont have such
DURGATI now.
What to do binas kale samaya biparita buddhi……
Comment by Nabin Giri — October 2, 2007 @ 7:42 pm
छी मलाई त फिटिक्कै मन परेन| पुरानो असादै राम्रो…….
Comment by AP — October 2, 2007 @ 7:51 pm
दुबै गीत राम्रा अनि सदावहार श्रवण योग्य छन् । हामीले पूरानो धुनमा सुनिरहेको
भएर पुरानै गीत राम्रो लाग्नु स्वाभाविकै हो तर यदि यहि गीतलाई धेरै पटक
दोहोर्याएर सुन्ने हो भने यो गीत पनि त्यति नराम्रो छैन,जति केहि साथीहरुले माथी
कमेन्टमा लेख्नु भएको छ । त्यसमाथी नारायणगोपाल दाइको स्वर, कसलाई मन पर्दैन र ?
यो गीत त मलाइ पुरानो भन्दा पनि राम्रो लाग्यो है । आ-आफ्नो रोजाई हो ।
उमेशजी तपाईलाई धेरै धेरै धन्यबाद! यति मिठो गीत पोष्ट गर्नुभएकोमा ।
Comment by cheeju — October 2, 2007 @ 9:35 pm
ठीकै छ नि त । पहिले गाएको गीतहरू तर हामीले कहिल्यै नसुनेको गीतहरू यसरी सुन्न
पाउँदा मज्जा लाग्दो रहेछ । यस्तै अरू पनि लुकेको सिर्जनाहरू वाहिर अाउन सके अझ
राम्रो हुन्छ ।
Comment by कञ्चन लिम्वू — October 2, 2007 @ 10:57 pm
मलै पनि पुरनो नै मन पर्यो है साथि हरु हो
Comment by Suraj — October 2, 2007 @ 11:29 pm
पुरानो नि राम्रो ६
Comment by PRALAD DAHAL — October 3, 2007 @ 1:16 am
मलाई पहिलेको भन्दा अहिलेको यो गीत मन पर्यो कारण आन्तारा पछिको जुन नोट छ त्यो
सारै राम्रो छ ..
जित गुरुन्ग्
बेल्जियम
Comment by Jit — October 3, 2007 @ 7:35 am
this music is BAD. I like old music
Comment by ramesh — October 3, 2007 @ 8:16 pm
वोव! राम्रै रहेछ्| यसको टिउन र मिउजिक ग्याप हरुको जुन स्टेप्स हरु छन ति अतिनै
रमाइलो र प्रिथक लाग्यो मलाइ त| तर पनि पुरानो सुन्दा सुन्दा यो अलिक भिन्न
लाग्नु त स्वभाबिकै ठान्कछु म|
रमेश्
बघ्दाद्,(ईराक्)
Comment by Ramesh — October 4, 2007 @ 12:12 am
Songs are like weather, it comes and it goes.
Comment by puskerm — October 4, 2007 @ 11:09 am
I might be biased, but I like the old one comparatively much. It is nice
too..but nicer is better than just nice…
Comment by Kopila Rupakheti — October 5, 2007 @ 4:52 am
Thank You Brazesh Jee.
Great Job!!!
U deserve an award for this!!!
God Bless You..
Comment by angelina sharma — October 5, 2007 @ 8:50 am
Yo geet pani ramro cha……
Comment by tshirasa — October 8, 2007 @ 3:15 pm