शून्यको मोल
जति घुमिरहे पनि
आफ्नै परिधिमा फन्फनी
कहीं नपुग्ने शून्य
खोक्रो शून्य, रित्तो शून्य
मोल नभएको शून्य
एउटा शून्यबाट सुरू भएको म
मेरा उपलब्धिहरू पनि शून्य
मैले चढ्न खोजेका पहाडहरूका
उचाईहरू पनि शून्य
म एउटा शून्यको पछाडि
थुप्रै लाम लागे शून्य
जति थुप्रे पनि शून्यका पछाडि
शून्य त आखिर रहन्छ शून्य
अनि कुनै बखत कतैबाट
तिमी आयौ, मसंग गाँसियौ
तिमी १ मसंग जोडिनासाथ
म र मेरा थुप्रै शून्यलाई
तिमीले अमूल्य बनायौ
मलाई तिमीले सिकायौ
१ बनेर अघि सर्न
कतै तिमी पनि कुनै बेला
शून्य भयौ भनेअब मलाई डर छैन
जति नै अरू मेरो पछि
जोडिए पनि शून्यहरू
Bhim Prasad Ghimire
September 23, 2011 at 6:12 pm
जति थुप्रे पनि शून्यका पछाडि
शून्य त आखिर रहन्छ शून्य
साच्चै हो । गजबको भाव ।