वर्षाको एउटा छिटा
स्निग्धताको
मधुरो आभाष पनि
कति न्यानो, कति प्रेममय
तप्त अभिशप्त
रापले डढेको पहाडलाई
चीसो हावाले सरक्क
छोएर गए जस्तो
अपुर्णताको लामो एक्लोपना
र त्यसको अत्यासलाग्दो पीडापछि
प्राप्ति, पूर्णताको
लामो सुख्खा खडेरीपछि
वर्षाको पहिलो छिटा खस्दा
सन्तापले जर्जर भइ
चिराचिरा परेको भुइंमा
उठेको वाफ जस्तो
सुगन्ध
एउटा अठोट, एउटा संकल्प
आफैसंग एउटा वाचा
अडिग, अटल, चीरस्थायी
शनिवार, २०६५ मङसीर १५