RSS

लोडशेडिङ्ग

साँझैपिच्छे लोडशेडिङ्गले

छोपेका अंध्यारा दिमागहरूमा

के पलाउन् र अरू

निराशाहरू नपलाए

एउटा अंध्यारोबाट उम्केर

बिलाउनु पर्ने अर्को अंध्यारोमा

नियति के हाम्रो यति नै

उदाउन नपाउँदै एउटा प्रश्न

फेरि विलीन हुन पुग्छ

लोडशेडिङ्गकै कालोमा

 

उज्यालो त चेतना हुन्छ

सेतो त ज्ञानको रंग रे

तर हाम्रो उज्यालोको भोक

कसले कहिले मेटाउने हो

हाम्रो निष्पट कालो संसारमा

घाम कहिले उदाउने हो

हरेक मान्छे बाँचिरहेको छ

भाग्यको बोकेर रित्तोरित्तो

एकएक वटा कुलेखानी

छोड्न पाइएला कुनै दिन भन्दै

अंध्यारोमा रूमल्लिने बानी

 

निभ्नै नपर्ने बेला पनि अचेल
तर झ्याप्पै निभ्ने गरेको छ बत्ती

 

मंसीर १, २०६५ नेपाल पत्रिकामा प्रकाशित

 

One Response to लोडशेडिङ्ग

  1. sujit bidari

    February 15, 2011 at 10:54 am

    अध्यारोमा बसी दुखी बुढेसकालको
    सामना गर्दा गर्दै
    व्याप्त अन्धकार विरुद्ध विद्रोह गर्न उठेका चाउरिएका हात हरु
    झर्छन त्यसै त्यसै लोलाएर
    उज्यालो नबोकि
    जब ठम्याउनै गार्हो बेड स्वीच निस्फल हुन्छ
    उज्याको पोख्न
    बुढेसकालको सहारा
    एउटै निस्काम सुपुत्र जस्तै

     

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.