लोडशेडिङ्ग
साँझैपिच्छे लोडशेडिङ्गले
छोपेका अंध्यारा दिमागहरूमा
के पलाउन् र अरू
निराशाहरू नपलाए
एउटा अंध्यारोबाट उम्केर
बिलाउनु पर्ने अर्को अंध्यारोमा
नियति के हाम्रो यति नै
उदाउन नपाउँदै एउटा प्रश्न
फेरि विलीन हुन पुग्छ
लोडशेडिङ्गकै कालोमा
उज्यालो त चेतना हुन्छ
सेतो त ज्ञानको रंग रे
तर हाम्रो उज्यालोको भोक
कसले कहिले मेटाउने हो
हाम्रो निष्पट कालो संसारमा
घाम कहिले उदाउने हो
हरेक मान्छे बाँचिरहेको छ
भाग्यको बोकेर रित्तोरित्तो
एकएक वटा कुलेखानी
छोड्न पाइएला कुनै दिन भन्दै
अंध्यारोमा रूमल्लिने बानी
निभ्नै नपर्ने बेला पनि अचेल
तर झ्याप्पै निभ्ने गरेको छ बत्ती
मंसीर १, २०६५ नेपाल पत्रिकामा प्रकाशित
sujit bidari
February 15, 2011 at 10:54 am
अध्यारोमा बसी दुखी बुढेसकालको
सामना गर्दा गर्दै
व्याप्त अन्धकार विरुद्ध विद्रोह गर्न उठेका चाउरिएका हात हरु
झर्छन त्यसै त्यसै लोलाएर
उज्यालो नबोकि
जब ठम्याउनै गार्हो बेड स्वीच निस्फल हुन्छ
उज्याको पोख्न
बुढेसकालको सहारा
एउटै निस्काम सुपुत्र जस्तै