रबर
यताबाट ताने पनि
उताबाट ताने पनि
रबरै त हो
तन्किन्छ
अनि तन्किंदा
रबरलाई दुख्दैन किनकि
रबर त निर्जीव हुन्छ
निर्जीव रबरलाई
जति मन लाग्छ
जहिले मन लाग्छ
जसरी मन लाग्छ
जताबाट मन लाग्छ
सकुन्जेल ताने हुन्छ
रबर तन्किरहन्छ
नदुखे पनि रबरलाई
सीमासम्म तन्केपछि
तान्यो भने तर
रबर छिन्छ, रबर टुक्रिन्छ
छिने पनि, टुक्रे पनि
तर रबरलाई दुख्दैन
किनकि
रबर त निर्जीव हुन्छ