यो जिन्दगी
आफ्नै घाँटीमा पासो भएर बेरियो आज जिन्दगी
भुत्ते खुकुरीको धारमाथि सेरियो आज जिन्दगी
दोबाटोमा धेरै रूमल्लिएर एउटा बाटो पाएथ्यो
चौबाटोमा पुगेर रूमल्लियो फेरि यो आज जिन्दगी
मायाको कथा लेख्न खोजें मुटुलाई कागज मानेर
बुझ्नै नसक्ने धर्काहरूले केरियो आज जिन्दगी
कति चाहें कति खोजें भन्न आहा मेरो जिन्दगी
भन्ने बेला भन्नु पर्यो धत्तेरि यो आज जिन्दगी
Luna
October 14, 2008 at 5:51 pm
अब गुमाएको प्रती चिन्तित हुनु भन्दा पाएको प्रती सन्तोषी हुनुस् ।
“मायाको कथा लेख्न खोजे मुटुलाई कागज मानेर
बुझ्नै नसक्ने धर्काहरुके केरियो आज जिन्दगी –”
केरिएको छैन , झन प्रस्ट हुँदै छ । यसरी मार्मिक भाब बोकेका शब्द हरु कबिता गजल बनाएर लेखिरहनु भएको छ ।
केही गुमाउदा केही पाईन्छ भन्छन । शायद तपाईंले पनि यही केही पाउनु भो । यसरी पनि त हेर्न सकिन्छ जिन्दगी लाई होइन र ?
lalita magar
April 10, 2009 at 2:33 pm
yo ta mero jeewan ko lagi upayo geechha ke mayasalai copy garu?
lalita magar
April 10, 2009 at 2:34 pm
k ma tapi ko theganaa pauna sakchhu tapi lai aru pani mero bare lekhna lagaauuna ko laagiii