मुर्ति
जति नै सुन्दर किन नहोस्
मूर्ति आखिर ढुङ्गा नै हुन्छ
हेर्दा जति नै सुन्दर भए नि
ढुङ्गामा भावना कहाँ हुन्छ
नशालु हुन्छन् मात लाग्ने हेर्दै
कुंदिएका त्यसका आँखाहरू
तर चोट तिमीलाई लाग्दा
मूर्तिको आँखा कहाँ रून्छ
गुनासो गर्नु फेरि किन व्यर्थै
पत्थरको पूजा गर्नेहरूले
ढुकढुकी तिम्रो सुनोस् कसरी
मूर्तिको मुटु कहाँ हुन्छ
swagat
January 6, 2009 at 2:19 pm
nice!!
BeaZesh dada
pls do translation in english