तिमी हाँस्यौ
तिमी हाँस्यौ, म लटरम्मै फुलें
तिम्रो आकाश जस्तो अनुहारमा
कालो वादल छाएको बेला
म त त्यसै त्यसै
ओइलाएर लत्रिने गर्छु
तिम्रो मुहारमा
इन्द्रेणीको धर्सा कोर्न
म आफ्नो हत्केलाबाट
खुसीका रेखाहरु मेट्न पनि सक्छु
तिम्रा ओठहरुमा
मुस्कान भर्न
म आफ्ना खुसीहरुलाई
तिमी तिर लखेट्न पनि सक्छु
तिमी हाँस्यौ, म धपक्कै बलें
तिम्रो फुलवारी जस्तो अनुहारमा
शिशिर लागेको बेला
म त त्यसै त्यसै
कठाँग्रिएर सुक्ने गर्छु
hari
February 28, 2009 at 2:30 pm
very.good