कर्फ्यू लाग्या छ रे
अप्रिल ८, २००६ कान्तिपुर दैनिकमा प्रकाशित
राति देखि नै
कर्फ्यू लाग्या छ रे भन्थे
तर खै त
पहाडले धेरै बेर छेक्न सकेन
कालो आकाशलाई च्यातेर
उज्यालोको किरण छरेर
घाम त उदाएरै छोड्यो।
कर्फ्यूले घामलाई छेक्न नसक्ने रैछ।
राति देखि नै
कर्फ्यू लाग्या छ रे,
ननिक्लनु है भन्थे
तर खै त चराहरु त
चिरविर चिरविर गर्दे
झुण्ड झुण्डमा
चारो खोज्न उडेरै छोडे
कर्फ्यूले भोको पेटको उडानलाई
रोक्न नसक्ने रहेछ।
राति देखि नै
कर्फ्यू लाग्या छ रे
चुपचाप बस्नू,
हल्ला नगर्नू रे भन्थे
तर बिहानी भएको संकेत गर्दे
रात सकियो है,
अनि दिन आउँदै छ भनेर
भालेहरु बासेरै छाडे
sujit bidari
February 15, 2011 at 11:12 am
like it brother….